तीन देशका १६ रङ्गशाला र ४८ टोली - विश्वकप २०२६ का सबै खेलको तालिका डाउनलोड गर्नुहोस्

भोली जुन ११ देखि सुरु हुने फिफा विश्वकप फुटबल प्रतियोगिताका खेलहरू कहिले र कति बेला हुन्छन् भन्ने जान्न चाहनुहुन्छ?
तपाईँ प्रतियोगिताको आरम्भदेखि समापनसम्मको तालिका यहाँ डाउनलोड गर्न सक्नुहुन्छ।
सबै ठाउँका सबै खेल
यो तालिका प्रिन्ट गर्नुहोस्, खेलहरू हुँदै जाँदा स्कोर भर्दै जानुहोस् र परिणामबारे आफूले गरेको अनुमान साथीभाइ र परिवारले गरेको अनुमानसँग मिल्यो कि मिलेन भनेर पनि हेर्नुहोस्।
तपाईँ सबै खेल हेर्ने विचारमा हुनुहुन्छ वा आफूलाई मन पर्ने टोलीका खेलहरू मात्र हेर्न चहानुहुन्छ भने पनि यो 'वाल चार्ट' तपाईँका लागि उपयोगी हुन सक्छ।
विश्वकप फुटबल यही ११ जुनमा सुरु हुँदै छ। यो प्रतियोगिता १९ जुलाईमा फाइनल खेलसँगै सम्पन्न हुने छ।
खेलहरू संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानडा गरी तीन देशका कुल १६ वटा रङ्गशालामा हुने छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















