बाढीपीडित बालबालिकालाई कुपोषणबाट जोगाउन के गरिँदै छ
भदौ महिनामा भोटेकोशी र तल त्रिशूली नदीमा आएको बाढीका कारण विस्थापित भएका मानिसहरूले अनेकौँ सास्ती बेहोर्दै आएका छन्।
प्रभावितमध्ये साना उमेरका बालबालिका अझ जोखिममा परेको देखिएको छ। उनीहरूमा कुपोषण हुन सक्ने खतरा बढेको जानकारहरू बताउँछन्।
त्यसबाट जोगाउन स्थानीय तहको स्वास्थ्य निकायले काम गरिरहेको बताएका छन्।
'बीबीसी हातेमालो'का निरञ्जन राजवंशीले बाढीबाट प्रभावित नुवाकोट जिल्लास्थित विदुर नगरपालिकाको जनस्वास्थ्य प्रमुख रामराजा भण्डारीसँग बालबालिकाले खेप्नुपरेको यस्तो जोखिम र उनीहरूलाई जोगाउन सरकारी निकायले गरेको पहलबारे कुराकानी गरेका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।