विपद्ले प्रभाव पारेका संरचनाको जोखिम पहिचान कसरी गर्ने
भोटेकोशी-त्रिशूली बाढीले मानवीय क्षतिसँगै धेरै घरहरू पनि बगायो। बाढीले नबगेका घरहरू पनि जोखिममा रहेका हुन सक्छन्।
कतिपय त्यस्ता घरहरूको भित्ता आधा चर्किएका त कतिपयका झ्यालढोका मात्र बाँकी देखिन्छन्। बालुवा र माटो थुप्रिएका कतिपय घरहरूमा मानिसहरूले सरसफाइ पनि गरेका छन्।
केही घरहरूमा मानिसहरू बसोबास गर्न थालेका छन्।
यस्तो अवस्थामा कस्तो घर जोखिमपूर्ण छ, अनि कसरी सुरक्षित बसोबास गर्न सकिन्छ? यस विषयमा 'बीबीसी हातेमालो'का लागि मनिका विश्वकर्माले सहरी विकास तथा भवन निर्माण विभागको विपद् व्यवस्थापन तथा भवन प्रबलीकरण शाखाका वरिष्ठ डिभिजनल इन्जिनियर अविनाश श्रीवास्तवसँग कुराकानी गरेकी छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।