तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
मान्छेको ज्यान लिएको जङ्गली हात्ती ‘धुर्बे’को दाह्रा काटियो
- Author, ईश्वर जोशी
- Role, चितवन
- Author, कमल परियार
- Role, भिडिओ पत्रकार, बीबीसी न्यूज नेपाली
- Published
झन्डै १० दिनको खोजी तथा निगरानीपश्चात् गत रात जङ्गली हात्ती ‘धुर्बे’लाई बेहोस बनाएर उसको घाँटीमा 'रेडिओ कलर' जोडिएको र दाह्रा काटिएको चितवन राष्ट्रिय निकुञ्जका अधिकारीले बताएका छन्।
‘धुर्बे’ हात्तीको आक्रमणमा परेर भरतपुर महानगरपालिका-२३, बेलहट्ठामा गत असार २० गते आमाछोराको मृत्यु भएपछि हात्तीको खोजी तीव्र पारिएको थियो।
उक्त हात्तीलाई निकुञ्जभित्र सुखिभार पोस्टनजिकैको क्षेत्रमा फेला पारी ‘डार्ट’ प्रहार गरी बेहोस पारिएको थियो।
नेपाली सेना, राष्ट्रिय प्रकृति संरक्षण कोष र निकुञ्जका प्राविधिकहरूले झन्डै ४५ मिनेट समय लगाएर दाह्रा काटैपछि घाँटीमा स्याटलाइट प्रविधिमा आधारित ‘रेडिओ कलर’ जडान गरिएको निकुञ्जले जनाएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।