भिडबाट कसैले 'चढाएको' माला पोपको अनुहारमा लाग्यो

भिडिओ क्याप्शन सुरु हुँदैछ,
भिडबाट कसैले 'चढाएको' माला पोपको अनुहारमा लाग्यो
Published

पेरूको लिमामा शुभेच्छुकहरूलाई अभिवादन गर्दै बिदाइ भेलामा सहभागी हुन जान लाग्दा कसैले चढाएको माला पोप लिओको अनुहारमा लागेको छ।

तर उनलाई चोटपटक लागेको देखिएन।

आफ्नो प्रवचनमा पोपले पेरूवासीहरूलाई आफूलाई सत्कार गरेकोमा धन्यवाद दिए।

इसाई धर्मको प्रचारकका रूपमा पोपले पेरूमा २० वर्षभन्दा बढी समय व्यतीत गरेका थिए।

ल्याटिन अमेरिकाको १२-दिने यात्राका क्रममा उनले यसपालि पेरूमा छ दिन बिताए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।