अन्तरिक्षबाट फर्केको रकेटको माथिल्लो भाग भुइँमा खस्नुअघि नै यसरी समातियो

भिडिओ क्याप्शन सुरु हुँदैछ,
अन्तरिक्षबाट फर्केको रकेटको माथिल्लो भाग भुइँमा खस्नुअघि नै यसरी समातियो
Published

स्पेसएक्सले अन्तरिक्षबाट फर्किएको स्टारशिप रकेटको एउटा भाग समुद्रनजिकै खस्नुअघि नै पहिलो पटक सफतापूर्वक समातेको छ।

पृथ्वीमा फर्किएपछि उक्त रकेट प्रक्षेपण टावरनजिकै आकाशमा आइपुगेको थियो। त्यसपछि टावरमा जडित "चप्स्टिक"हरू अर्थात् "यान्त्रिक बाहु"हरूले रकेटको माथिल्लो भागलाई च्याप्पै समातेका थिए।

उक्त कम्पनीले रकेटका दुवै भागहरू त्यसरी सङ्कलन गर्न सक्ने ठानिएको थियो। तर रकेटको 'बूस्टर' समात्ने प्रयास भने स्थगित गरियो।

स्पेसएक्सले पछि गरिने प्रक्षेपणका लागि हुने खर्च घटाउन आफ्ना रकेटका दुवै भाग सङ्कलन र फेरि प्रयोग गर्न खोजेको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।