अमेरिकामा गुडिरहेको रेलबाट सामान चोर्न कन्टेनरको चुकुल काट्दै

भिडिओ क्याप्शन सुरु हुँदैछ,
अमेरिकामा गुडिरहेको रेलबाट सामान चोर्न कन्टेनरको चुकुल काट्दै
Published

संयुक्त राज्य अमेरिकामा ३६ वटा रेलमा चोरी गरेको अभियोगमा १४ जनाविरुद्ध मुद्दा दर्ता भएको अधिकारीहरूले बताएका छन्।

ती सन्दिग्ध व्यक्तिहरूले 'नाइकी'का जुत्ता अनि 'मिल्वौकी'का औजारहरूसहित २.२ करोड डलरभन्दा बढी मूल्यका सामान चोरेको क्यालिफोर्नियाको महान्यायाधिवक्ताको कार्यालयले अभियोग लगाएको छ।

सो कार्यालयका अनुसार ती सामान कालोबजारमा बेचिएको र इन्स्टाग्राममार्फत् चोरीको समन्वय गरिएको थियो।

सो कार्यालयले सार्वजनिक गरेको एउटा भिडियोमा एक नकाबधारी व्यक्तिले 'पावरटूल' प्रयोग गरेर रेलको कन्टेनर काटिरहेको देखिन्छ। त्यो भिडिओमा बाकसहरूका छेउमा अरू सन्दिग्धहरूलाई पनि देखिन्छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।