ब्रिटिश वैज्ञानिक जो उडुस पाल्छन् र ओछ्यानमा राखेर सुत्छन्

भिडिओ क्याप्शन सुरु हुँदैछ,
ब्रिटिश वैज्ञानिक जो उडुस पाल्छन् र ओछ्यानमा राखेर सुत्छन्
Published

यूकेमा विगत पाँच वर्षदेखि ओछ्यानमा उडुसहरू राखेर सुत्दै आएका एक वैज्ञानिक आफूलाई उडुसले टोक्दा कुनै फरक नपर्ने बताउँछन्।

कीटवैज्ञानिक डा रिचर्ड नेलरले संसारभरि उत्पादन गरिने कीटनाशक पदार्थहरूको परीक्षण गर्न हजारौँ उडुसहरू पालेका छन्।

यूकेको ग्लोस्टर्शरमा रहेको फरेस्ट अफ डीनस्थित आफ्नो बगैँचामा उनले उडुसहरूमाथि परीक्षण गर्न दुइटा कोठा छुट्ट्याएर त्यहाँ आफ्ना लागि शयनकक्ष बनाएका छन्।

उडुस नियन्त्रण गर्ने उद्देश्यले उत्पादन गरिएका नयाँ स्प्रे र रिपेलन्टहरू प्रभावकारी छन् कि छैनन् भनेर जाँच्न आफूले त्यसो गर्नुपरेको उनको भनाइ छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।