युक्रेन-रुस युद्धः रुसद्वारा अमेरिकी राष्ट्रपति बाइडनविरुद्ध प्रतिबन्धहरू घोषणा

बाइडन

तस्बिर स्रोत, Reuters

Published

रुसले अमेरिकी राष्ट्रपति जो बाइडनविरुद्ध प्रतिबन्धहरू घोषणा गरेको रुसी विदेश मन्त्रालयले जनाएको छ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कन, रक्षामन्त्री लोयड अस्टिन, राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभान र सीआईएका प्रमुख विलियम बर्न्सविरुद्ध पनि रुसले प्रतिबन्धहरू लगाएको छ।

आफ्ना प्रतिबन्धबाट अरू पनि प्रभावित हुने रुसी विदेश मन्त्रालयले जनाएको छ।

युरोपेली सङ्घ र ब्रिटेनले रुसविरुद्ध थप प्रतिबन्धहरू सार्वजनिक गरेकै दिन रुसी प्रतिबन्धबारे खबर बाहिर आएको हो।

थप प्रतिबन्ध

ब्रिटेनले रुसका थप ३७० जना व्यक्ति र संस्थामाथि प्रतिबन्ध लगाएको छ। त्यसबाट उनीहरूको सम्पत्ति रोक्का हुने र यात्रामा प्रतिबन्ध लाग्नेछ।

ब्रिटिश सूचीमा पूर्वराष्ट्रपति तथा रुसी सुरक्षा परिषद्‌का अध्यक्ष दिमित्रि मेदभेदेभ, पुटिनका प्रवक्ता दिमित्रि पेस्कोभ, रुसी रक्षामन्त्री सर्गेइ सोइगु र रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभालगायत छन्।

यसअघि ब्रिटेनले व्यापार प्रतिबन्धहरू लगाएको थियो जसमा भोड्कामा थप ३५ प्रतिशत कर लगाइएको थियो।

ईयूका प्रतिबन्धहरूमा महँगा गाडी, गहना लगायतका बिलासी वस्तुहरूको निर्यात परेका छन्।

उसले रुसको उर्जा क्षेत्रमा हुने नयाँ लगानीमाथि पनि प्रतिबन्ध लगाउने भएको छ।

अनि यो पनि