बाढीबाट प्रभावित साना बालबालिकालाई कसरी पठनपाठनमा फर्काइँदै छ
गत भदौ महिनामा आएको भोटेकोशी-त्रिशूली बाढीका कारण प्रभावित भएका विद्यालयहरूमा बिस्तारै फेरि पठनपाठन सञ्चालन हुन थालेको छ।
शिक्षा मन्त्रालयले पाँच वर्षभन्दा मुनिका बालबालिकाको सर्वाङ्गीण विकासका लागि आवश्यक मानिएको प्रारम्भिक सिकाइ कार्यक्रमलाई पनि फेरि निरन्तरता दिन खोजिएको जनाएको छ।
प्रभावित क्षेत्रका बालबालिकालाई स्थानीय तहसँगको समन्वयमा उनीहरू बसोबास गरिरहेको ठाउँनजिकै रहेका विद्यालयबाट प्रारम्भिक सिकाइ र शिक्षा प्रदान भइरहेको मन्त्रालयको भनाइ छ।
यस विषयमा 'बीबीसी हातेमालो'का लागि प्रतीक्षा खनालले मन्त्रालयका योजना तथा बजेट शाखाका सहसचिव शङ्कर अधिकारीसँग कुराकानी गरेकी छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।