अहिलेसम्म हामीलाई केके थाहा छ?
भोटेकोशी-त्रिशूली बाढीको नवौँ दिनमा यस घटनासम्बन्धी मुख्यमुख्य अप्डेट यसप्रकार छन्।
- बाढीले निम्त्याएको विपत्तिमा नेपालमा १,२५९ जनाभन्दा बढी मानिसको मृत्यु भएको बिहीवार साँझ ७ बजेसम्मको तथ्याङ्क सार्वजनिक भएको छ।
- बाढीबाट रु. ३ खर्ब ८७ अर्बभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।
- आगामी भदौ २२ गते सोमवारका दिन गत साता भोटेकोशी-त्रिशूली बाढीमा परी ज्यान गुमाउने मानिसहरूको सम्झनामा राष्ट्रिय शोक मनाउने सरकारले निर्णय गरेको छ।
- बाढी आउँदा कामविशेषले तिब्बततर्फ रहेका एक नाबालकसहित ११४ नेपाली नागरिकलाई चीन सरकारले सकुशल उद्धार गरी तातोपानी नाकाबाट नेपाल प्रवेश गराएको छ।
- मानिसहरू फसेको आशङ्का गरिएको त्रिशूली-३ए जलविद्युत् आयोजनाको सुरुङको मुख खुलाउने काम जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ तर यसमा उल्लेख्य सफलता हात परेको छैन।
- परिवारजनले बेपत्ता आफन्तको अन्तिम संस्कार गर्न थालेका छन्। शवमध्ये ९५ जनाको मात्र सनाखत भई बुझिलिएको सरकारी भनाइ छ।
यससँगै हामी आजका लागि यो पेज स्थगित गर्दै छौँ। हाम्रो लाइभ पेज हेरिदिनुभएकामा धन्यवाद।
हामी यो पेजमा पुनः भोलि बिहानदेखिका नयाँ सूचना अप्डेट गर्ने छौँ।
अन्य समाचारका लागि हाम्रो वेबसाइट हेर्नुहोला। हाम्रा सामग्रीहरू फेसबुक, इन्स्टाग्राम रयूट्यूबमा पनि उपलब्ध छन्।
शुभरात्रि।