सगरमाथाको चुचुरोसम्म पुग्न कसरी बन्यो वैकल्पिक बाटो?

सगरमाथाको चुचुरोसम्म पुग्न कसरी बन्यो वैकल्पिक बाटो?
    • Author, कमल परियार
    • Role, भिडिओ पत्रकार, बीबीसी न्यूज नेपाली

सगरमाथा आरोहणका लागि बाटो बनाउने कार्य पुनः सुरु भएको उक्त कार्यमा संलग्न शेर्पाहरूले बताएका छन्।

सगरमाथा आरोहण मार्गको खुम्बु आइसफल क्षेत्रमा क्याम्प १ नजिकै बनेको निकै अग्लो भनिएको 'सेर्‍याक' अर्थात् बरफको ढिस्कोका कारण डोरी टाँग्ने काम दुई सातायता रोकिएको थियो।

त्यसले गर्दा आरोहणका लागि उच्च हिमाली वातावरणमा घुलमिल हुन र अभ्यासका लागि आधार शिविर पुगेका आरोहीहरू अन्योलमा परेका थिए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।