नेपालमा धेरै महिलाहरूका स्वास्थ्य समस्या केकस्ता छन्, सुरक्षाको उपाय के?
- Author, सृजना श्रेष्ठ
- Role, भिडिओ पत्रकार, बीबीसी न्यूज नेपाली
- Published
सामाजिक सञ्जाललगायत विभिन्न मञ्चमा अहिले महिलाहरूले भोग्नुपरेका विभिन्न स्वास्थ्य समस्याका बारे खुला रूपमा बहस हुने गरेको छ। 'एन्डोमीट्रिओसिस', 'पेरिमेनोपज' र 'मेनोपज'जस्ता विषयहरूमा अहिले धेरै चर्चा भएको पाइन्छ।
केही दशकयता महिलाहरूमा देखिने स्वास्थ्य समस्याहरूमा कस्ताकस्ता परिवर्तन भएका छन् त?
स्त्रीरोग विशेषज्ञ सरस्वती पाध्याका अनुसार महिलाहरूमा मोटोपनसँग जोडिएका धेरै समस्याहरू बढिरहेको छन्। अर्की स्त्रीरोग विशेषज्ञ इच्छा उप्रेतीका अनुसार महिलाहरू आफ्नो जीवनमा तनावको व्यवस्थापन गर्न सक्दा पनि धेरै रोग लाग्नबाट बच्न सक्छन्।
महिलाहरूमा देखिने स्वास्थ्य समस्याहरू र त्यस्ता समस्याबाट बच्नका लागि महिलाहरूले विशेष ध्यान दिनुपर्ने कुराहरू थाहा पाउन यो भिडिओ हेर्नुहोस्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



