क्रूजसँग तेल किन्ने पैसा नभएपछि विश्वयात्रामा निस्किएका मानिसहरू अलपत्र

भिडिओ क्याप्शन सुरु हुँदैछ,
क्रूजसँग तेल किन्ने पैसा नभएपछि विश्वयात्रामा निस्किएका मानिसहरू अलपत्र
Published

सन् २०२४ मा "विश्वको निरन्तर यात्रा" मा निस्किएको 'भिला भी ओडिसी' नामक क्रूज अहिले आर्थिक सङ्कटमा परेको छ।

यसका सञ्चालकहरूका अनुसार इरान युद्धका कारण इन्धनको मूल्यमा भएको चरम वृद्धिका कारण विश्वयात्रामा निस्किएको उक्त विलासी पानीजहाज अप्ठेरोमा परेको हो।

क्रूजले आफ्नो सेवा स्थगित गर्दा झन्डै २०० यात्रु कम्बोडियामा अलपत्र परेका छन्।

यस वर्षको सुरुमा इरान युद्ध सुरु भएदेखि विश्वबजारमा इन्धनको मूल्य अकासिएको छ।

क्रूज सञ्चालक कम्पनीका अनुसार एशियाका केही भागमा प्रतिक्याबिन मासिक इन्धनको लागत १,८०० डलरबाट बढेर ८,००० डलरसम्म पुगेको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।