मेलानिआ ट्रम्पले गराएको छोटो सङ्घर्षविरामपछि युक्रेनी परिवारहरूको पुनर्मिलन
रुसले युक्रेनमाथि आक्रमण गर्ने थालेपछि भएको एउटा दुर्लभ मानवीय सङ्घर्षविरामका बेला रुसी नियन्त्रणमा रहेको ओलिश्की सहरबाट सयौँ मानिसहरू अन्यत्र गएका छन्। उनीहरूको आफ्नो परिवारसँग फेरि भेट भएको छ।
युद्धका कारण तहसनहस भएको उक्त सहरबाट बाहिरिन चाहने मानिसहरूलाई शनिवार चार घण्टाको समय दिइएको थियो।
संयुक्त राज्य अमेरिकाकी प्रथम महिला मेलानिआ ट्रम्प र पोप लिओको मध्यस्थतापछि अस्थायी तथा स्थानीय तहको सङ्घर्षविराम भएको थियो।
सन् २०२२ मा रुसले पूर्ण स्तरको आक्रमण सुरु गरेयता उक्त दिन सबैभन्दा लामो समय र धेरै ठाउँमा लडाइँ रोकिएको थियो। तर सङ्घर्षविराम आइतवार नोभेम्बर १ मा टुङ्गियो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



