सुरुङ उद्धारमा विदेशी टोलीको पनि सहयोग

तस्बिर स्रोत, Reuters
पछिल्लो समयमा खोज तथा उद्धारकार्य मुख्य गरी प्रभावित क्षेत्रमा रहेका जलविद्युत् केन्द्रका सुरुङहरूमा फसिरहेका ठानिएका मानिसहरूको उद्धारमा केन्द्रित देखिन्छ।
सुरुङ उद्धारमा अनुभवप्राप्त विदेशी विशेषज्ञहरूका छुट्टाछुट्टै टोली पनि उद्धारको प्रयासमा खटेको बताइएको छ। अहिलेसम्म भारत, चीन र दक्षिण कोरियाबाट उद्धारकर्ताहरू नेपाल आएका छन्।
माथिल्लो त्रिशूली १, त्रिशूली ३ए, र त्रिशूली ३बी लगायतका आयोजनाका सुरुङहरूमा कैयौँ मानिसहरू फसेको ठानिएको छ।
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा आज सेनाको नेतृत्वमा खटेको टोली भित्रसम्म पुगेको थियो। तर त्यहाँ कोही फेला नपरेपछि उद्धारकर्ताहरू फर्किएका छन्।
यसैँबीच सरकारले सुरुङ उद्धार तथा शवहरूको डीएनए पहिचानजस्ता प्राविधिक विषयमा अन्तर्राष्ट्रिय जगत्सँग सहयोगका लागि अनुरोध गरेको छ।

















