मान्छेलाई हात्तीबारे धेरै कुरा सिकाउने 'शान्त र भद्र पोथी अगुवा'

मान्छेलाई हात्तीबारे धेरै कुरा सिकाउने 'शान्त र भद्र पोथी अगुवा'
Published

केन्यामा सन् १९७२ मा जङ्गली हात्तीहरूबारे एउटा वैज्ञानिक अध्ययन सुरु भयो। हात्तीसम्बन्धी विश्वको सबैभन्दा लामो उक्त अध्ययनका कारण एको नामक ढोईले पनि चर्चा कमाई।

'एम्बोसेली एलिफन्ट रिसर्च प्रोजेक्ट' ले हात्तीहरूको आनीबानी, सञ्चार र सामाजिक सम्बन्ध जान्न एको र त्यहाँको जङ्गलमा भएका अन्य हात्तीलाई पछ्यायो।

उक्त परियोजना स्थापना गर्ने डा सिन्थिया मोसले बीबीसी वर्ल्ड सर्भिसको 'विट्नस हिस्टरी' कार्यक्रममा एको र उसको समूहका हात्तीहरूलाई पछ्याउने क्रममा आफूले देखेका आरोह र अवरोहबारे बताएकी छन्।

हेर्नुहोस् यो रोचक भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।