कृष्णभीरमा भित्ता काटेर वैकल्पिक सडक बनाउने काम सुरू
पृथ्वी राजमार्गको कृष्णभीरमा भासिएको सडक खण्डमा भित्ता काटेर वैकल्पिक सडक बनाउने काम सुरू भएको छ।
गत हप्ता उक्त राजमार्गको करिव १ सय मिटर सडक त्रिशूली नदीले कटान गर्दा भासिएको थियो।
राजधानी काठमाण्डूमा यात्रु र दैनिक आवश्यकताका सामानहरूसमेत भित्रिने गरेको मुख्य राजमार्ग एक हप्तादेखि बन्द रहेको छ।
उक्त सडक अवरुद्ध हुँदा काठमाण्डूबाट अन्य जिल्ला जाने र अन्य जिल्लाबाट काठमाण्डौ जाने सवारी साधनहरूले वैकल्पिक राजमार्गहरू प्रयोग गर्दै आएका छन्।
ईश्वर जोशीको यो भिडिओ हेर्नुहोस्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।





