भग्नावशेषबाट जीवित व्यक्तिको उद्धार
युक्रेनमा रुसी आक्रमण हुँदा भत्किएका भवनका भग्नावशेषबाट जीवित व्यक्तिको उद्धार गरिएको छ।
युक्रेनको आपत्कालीन सेवाले सार्वजनिक गरेको फुटेजअनुसार उद्धारकर्मीहरूले भग्नावशेषमा पुरिएका एक जनाको उद्धार गरेका छन्।
जीवित मानिसको खोजीका लागि उद्धारकर्मी र तालिमप्राप्त कुकुरहरू परिचालन गरिएका थिए।
क्षतिग्रस्त भवनमा लागेको आगो निभाउन पनि मानिसहरू खटाइएका थिए।
मस्कोले "प्रणालीगत आक्रमण" सुरु गर्ने चेतावनी दिएको छ। उसले किएभमाथि एउटा छात्रावासमा घातक आक्रमण गरेको आरोप लगाएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



