ग्रीस कर्जा संकटबारे 'सहमति'

युरोजोनका अर्थमन्त्रीहरुको निष्कर्षविहीन बैठकपछि ग्रीसको भविष्यको निर्णय गर्ने जिम्मा युरोजोनका नेताहरुमाथि आएको थियो।
तस्बिरको क्याप्शन, युरोजोनका अर्थमन्त्रीहरुको निष्कर्षविहीन बैठकपछि ग्रीसको भविष्यको निर्णय गर्ने जिम्मा युरोजोनका नेताहरुमाथि आएको थियो।
Published

ग्रीसलाई तेस्रो वित्तिय राहत सहायता प्रदान गर्ने की नगर्ने भन्ने विषयमा एकल युरोपेली मुद्रा युरो प्रचलनमा रहेको क्षेत्र, युरोजोनका नेताहरुबीच, रातभर निरन्तर चलेका वार्ताहरुपछि “एकमत”ले सहमतिमा पुगिएको युरोपेली संघका अध्यक्ष डोनल्ड टस्कले बताएका छन्।

उनले “गम्भीर सुधारहरु र ‌ वित्तिय सहायता” सहितको ग्रीसलाई प्रदान गरिने वित्तिय राहत कार्यक्रम लागु हुन “तयारी अवस्थामा” रहेको बताएका छन्।

“अब ग्रीस युरो प्रचलनमा रहेका देशहरुको समूहबाट बाहिरीने छैन”, युरोपेली आयोगका प्रमुख जं क्लोड युंकरले बताएका छन्।

अनुमान

युरोजोनले माग गरे अनुसारको सुधार कार्यक्रमहरुलाई ग्रीसले बुधबार पारित गर्ने अनुमान गरिएको छ।

नयाँ वित्तिय राहत कार्यक्रमलाई युरोजोनका कतिपय राष्ट्रका संसदले पनि अनुमोदन गर्नुपर्नेछ।

युरोजोनका नेताहरुले ब्रसल्समा रात भर नै झण्डै १७ घण्टासम्म लगातार वार्ता गरेका थिए।