तस्बिरमा सन् २०२१: विश्वभरिका सशक्त २५ तस्बिरहरू

Published

सन् २०२१ मा समाचारसंस्थाका फोटोपत्रकारहरूले विश्वभरि खिचेकामध्ये २५ तस्बिर यस्ता छन्:

अमेरिकी संसद्‌ भवन
तस्बिरको क्याप्शन, अमेरिकी संसद्‌की सभामुख न्यान्सी पेलोसी बोल्ने पोडिअम बोकिरहेका डोनल्ड ट्रम्पका एक समर्थक। राष्ट्रपतिमा जो बाइडन निर्वाचित भएको प्रमाणपत्र दिइँदै गर्दा ज्यानुअरी ६ मा ट्रम्पका समर्थकहरूले संसद्‌ भवनमाथि आक्रमण गरेका थिए
1px transparent line
शपथ ग्रहण गर्दै कमला ह्यारिस
तस्बिरको क्याप्शन, सर्वोच्च अदालतकी न्यायाधीश सोनिया सोतोमेयरले शपथ ग्रहण गराएसँगै कमला ह्यारिस औपचारिक रूपमा अमेरिकाकी प्रथम महिला उपराष्ट्रपति बनिन्। उक्त पदमा पुग्ने उनी प्रथम अश्वेत महिला र प्रथम दक्षिण एशियाली मूलकी व्यक्ति पनि हुन्
1px transparent line
विजय राजु
तस्बिरको क्याप्शन, कोभिडबाट ज्यान गुमाएका विजय राजुका भावविह्वल आफन्त गत मेमा भारतको बेङ्गलुरुको बाहिरी भेगमा पर्ने गिड्डेनहाली गाउँस्थित मशानघाटमा
1px transparent line
ईद अल-फित्र
तस्बिरको क्याप्शन, मुस्लिमहरूको पवित्र महिना रमजान सकिएको भोलिपल्ट ईद अल-फित्रको प्रार्थनापछि पाकिस्तानको कराचीमा आफ्नाबुवालाई बलुन देखाउँदै एक बालक
1px transparent line
१२ तले भवन
तस्बिरको क्याप्शन, फ्लोरिडाको मयामीनजिक पर्ने सर्फसाइड नगरस्थित एउटा १२ तले भवन भत्केपछि उद्धार तथा खोजी कार्य गरिँदै। जुन २४ मा भएको घटनामा ९८ जनाको ज्यान गएको थियो। सुरक्षाको कारण देखाउँदै बाँकी रहेको एउटा भवन जुलाईमा भत्काइएको थियो। भवन भत्कनुको कारणबारे अझै अनुसन्धान भइरहेको छ
1px transparent line
टुहुरा गोरिल्ला
तस्बिरको क्याप्शन, कङ्गोको भिरुङ्गा राष्ट्रिय पार्कमा गत सेप्टेम्बरमा मृत्यु हुनुभन्दा केही क्षणअघि आफ्ना स्याहारकर्ता एन्ड्रे बौमाको काखमा आराम गर्दै टुहुरी गोरिल्ला एन्डाकासी। सन २००७ मा दुई वर्ष दुई महिनाकी एन्डाकासीका अभिभावकलाई शिकारीले मारिदिएपछि एन्ड्रे बौमाले जङ्गलमा छाड्न उचित नलागेर आफैँले हुर्काएका थिए
1px transparent line
ज्वालामुखी
तस्बिरको क्याप्शन, विस्फोट भएपछि आइसल्यान्डको ज्वालामुखीको लाभा। आठ सय वर्षभन्दा लामो सयमपछि गत मार्चदेखि ज्वालामुखी विस्फोट हुन शुरू भएको थियो
1px transparent line
पोल्यान्ड छिर्नका लागि बग नदी तर्ने क्रममा डुबर मृत्यु भएका १९ वर्षीय सिरियाली शरणार्थी अहमदको अन्तिम संस्कार गरिँदै।
तस्बिरको क्याप्शन, पोल्यान्ड छिर्नका लागि बग नदी तर्ने क्रममा डुबेर मृत्यु भएका १९ वर्षीय सिरियाली शरणार्थी अहमदको अन्तिम संस्कार गरिँदै। बोहोनिकीमा भएको सानो तातार मुस्लिम समुदायको चिहानस्थलमा उनको अन्तिम संस्कार गरिएको थियो
1px transparent line
जोर्ज फ्लोइड
तस्बिरको क्याप्शन, अमेरिकाको मिनिआपलिसमा गत एप्रिलमा श्वेत जातिका प्रहरी अधिकारी डेरेक चौभिनलाई हत्याका लागि दोषी ठहर गरिएपछि खुशी व्यक्त गर्दै भिड। अश्वेत पुरुष जोर्ज फ्लोइडको हत्या गरेको आरोपमा दोषी ठहर गरिएको थियो
1px transparent line

कायरोको ग्रेट पिरामिड अफ गिजा नजिकै राखिएको लोरेन्जो क्वीनको टुगेदर नामक कलाकृति। अक्टोबरमा गरिएको कला प्रदर्शनीमा गिजाका विभिन्न स्थानमा इजिप्ट र अन्य देशका समकालीन कलाकारहरूको प्रस्तुती प्रदर्शन गरिएका थिए

कायरोको ग्रेट पिरामिड अफ गिजा नजिकै राखिएको लोरेन्जो क्वीनको टुगेदर नामक कलाकृति। अक्टोबरमा गरिएको कला प्रदर्शनीमा गिजाका विभिन्न स्थानमा इजिप्ट र अन्य देशका समकालीन कलाकारहरूको प्रस्तुती प्रदर्शन गरिएका थिए
तस्बिरको क्याप्शन, कायरोको ग्रेट पिरामिड अफ गिजा नजिकै राखिएको लोरेन्जो क्वीनको टुगेदर नामक कलाकृति। अक्टोबरमा गरिएको कला प्रदर्शनीमा गिजाका विभिन्न स्थानमा इजिप्ट र अन्य देशका समकालीन कलाकारहरूको प्रस्तुति प्रदर्शन गरिएका थिए
1px transparent line
तालिबानले अफगानिस्तानमा कब्जा गरेपछि देश छाड्नका लागि गत अगस्टमा अमेरिकी सेनाको कार्गो विमान चढेका अफगानहरू।
तस्बिरको क्याप्शन, तालिबानले अफगानिस्तानमा कब्जा गरेपछि देश छाड्नका लागि गत अगस्टमा अमेरिकी सेनाको कार्गो विमान चढेका मानिसहरू। अमेरिकी अधिकारीहरूका अनुसार ती मानिसहरूलाई विमानबाट ओराल्नुभन्दा विमान उडाउनु नै उपयुक्त हुने ठानेर चालक दलका सदस्यहरूले उडाएका थिए
1px transparent line
गत सेप्टेम्बरमा टेक्ससको बोर्डरमा हेइटीका आप्रवासीहरूलाई घोडामा सवार सीमा सुरक्षाकर्मीले लखेट्दै गरेको दृश्य
तस्बिरको क्याप्शन, गत सेप्टेम्बरमा टेक्ससको बोर्डरमा हेइटीका आप्रवासीहरूलाई घोडामा सवार सीमा सुरक्षाकर्मीले लखेट्दै गरेको दृश्य बाहिर आएपछि त्यसबारे अमेरिकाले अनुसन्धान गर्नुपर्ने अवस्था सिर्जना भयो। खासगरी अश्वेत आप्रवासीमाथि सीमा सुरक्षाकर्मीले अपनाएको नीतिको सांसदहरूले निन्दा गर्दै त्यसले अमेरिकी दासयुगको झझल्को दिएको भनेका थिए
1px transparent line
कोभिडविरुद्ध घरदैलो खोप अभियानका क्रममा केन्याको सिआयामा गत मेमा एक महिलालाई आस्ट्राजेनेका खोप लगाइदिँदै स्वास्थ्यकर्मी।
तस्बिरको क्याप्शन, कोभिडविरुद्ध घरदैलो खोप अभियानका क्रममा केन्याको सिआयामा गत मेमा एक महिलालाई आस्ट्राजेनेका खोप लगाइदिँदै स्वास्थ्यकर्मी
1px transparent line
गत फेब्रुअरीमा अमेरिकाको मार्स पर्सिभिअरन्स रोभरमुनि देखिएको मङ्गल ग्रहको सतह।
तस्बिरको क्याप्शन, गत फेब्रुअरीमा अमेरिकाको पर्सिभिअरन्स रोभरमुनि देखिएको मङ्गल ग्रहको सतह। अमेरिकी अन्तरिक्ष निकाय नासाले मङ्गल ग्रहका सयौँ तस्बिर सार्वजनिक गरेको छ। मिसनअन्तर्गत उक्त रोभरले मङ्गल ग्रहमा प्राचीन जीवनका सङ्केत खोज्ने र चट्टान तथा माटोका नमुना सङ्कलन गर्नेछ
1px transparent line
चीनको सिचुआन प्रान्तस्थित वोलोङ न्याश्नल नेचर रिजर्भमा सु शान पान्डाले बच्चा जन्माएकी छन्
तस्बिरको क्याप्शन, चीनको सिचुआन प्रान्तस्थित वोलोङ न्याश्नल नेचर रिजर्भमा सु शान पान्डाले बच्चा जन्माएकी छन्
1px transparent line
गत अगस्टमा टोक्यो २०२० ओलिम्पिक्समा पुरुषतर्फको भारत्तोलनमा जितेपछि फोटा खिचाउँदै क्युबाका जुलिओ सिजर ला क्रुज।
तस्बिरको क्याप्शन, गत अगस्टमा टोक्यो २०२० ओलिम्पिक्समा पुरुषतर्फको भारत्तोलनमा स्वर्ष पदक जितेपछि फोटा खिचाउँदै क्युबाका जुलिओ सिजर ला क्रुज
1px transparent line
सेप्टेम्बर ११ को सम्झना
तस्बिरको क्याप्शन, सेप्टेम्बर ११ मा न्यूयोर्कस्थित विश्व व्यापार केन्द्रमा गरिएको हमलामा ज्यान गुमाएका व्यक्तिहरूको सम्झनामा न्यूजर्सीमा कुँदिएका नाममध्ये आफ्ना भाइको नामलाई छुँदै क्लाउडिआ क्यासटानो। आतङ्कवादी हमलाको २० वर्ष पुगेको पूर्वसन्ध्यामा सार्वजनिक एउटा भिडिओमा राष्ट्रपति जो बाइडनले मृतक २,९७७ जनाप्रति श्रद्धाञ्जलि व्यक्त गरेका थिए
1px transparent line
अमेरिकाको केन्टकी राज्यमा गत डिसेम्बरमा समुद्री आँधीले तहसनहस बनाएको एउटा घर।
तस्बिरको क्याप्शन, अमेरिकाको केन्टकी राज्यमा गत डिसेम्बरमा समुद्री आँधीले तहसनहस बनाएको एउटा घर। अधिकारीहरूका अनुसार केन्टकीकै इतिहासमा सबैभन्दा विनाशकारी आँधीका कारण कम्तीमा ७० जनाको ज्यान गएको थियो
1px transparent line
चिनियाँ कम्युनिस्ट पार्टी स्थापना भएको सय वर्ष पुगेका अवसरमा भवनहरूमा गरिएको लाइट डिस्प्ले मानिसहरूले हेर्दै गर्दा आकाशमा परेको चट्याङ।
तस्बिरको क्याप्शन, चिनियाँ कम्युनिस्ट पार्टी स्थापना भएको सय वर्ष पुगेका अवसरमा भवनहरूमा गरिएको प्रदर्शनी मानिसहरूले हेर्दै गर्दा आकाशमा परेको चट्याङ। वार्षिकोत्सवका क्रममा सम्बोधन गर्दै चिनियाँ राष्ट्रपति सी जिनपिङले आफ्नो मुलुकमाथि हस्तक्षेप गर्न आउनेले त्यसको जबाफ पाउने चेतावनी दिएका थिए
1px transparent line
फिनल्यान्डको रक ब्यान्ड लर्डीका सदस्य मिस्टर लर्डी अर्थात्‌ टोमी पेटेरी पुटान्सु गत अगस्टमा कोभिडविरुद्ध खोपको दोस्रो मात्रा लिँदै।
तस्बिरको क्याप्शन, फिनल्यान्डको रक ब्यान्ड लर्डीका सदस्य मिस्टर लर्डी अर्थात्‌ टोमी पेटेरी पुटान्सु गत अगस्टमा कोभिडविरुद्ध खोपको दोस्रो मात्रा लिँदै
1px transparent line
ग्रीसको एभिआ टापु नजिकको एउटा गाउँसम्म डढेलो फैलिएपछि अग्निनियन्त्रकहरूलाई सघाउन भेला भएका स्वयंसेवहरू।
तस्बिरको क्याप्शन, ग्रीसको एभिआ टापु नजिकको एउटा गाउँसम्म डढेलो फैलिएपछि अग्निनियन्त्रकहरूलाई सघाउन भेला भएका स्वयंसेवहरू
1px transparent line
युरोभिजन गीत प्रतियोगितामा आफ्नो प्रस्तुति दिँदै ग्रीसकी गायिका स्टेफानिया। प्रतियोगितामा इटली विजयी भएको थियो
तस्बिरको क्याप्शन, युरोभिजन गीत प्रतियोगितामा आफ्नो प्रस्तुति दिँदै ग्रीसकी गायिका स्टेफानिया। प्रतियोगितामा इटली विजयी भएको थियो
1px transparent line
पाखुराविहीन आर्चरका रूपमा परिचित अमेरिकाका म्याट स्टुट्जम्यान
तस्बिरको क्याप्शन, पाखुराविहीन धनुर्धारी रूपमा परिचित अमेरिकाका म्याट स्टुट्जम्यान अगस्टमा टोक्यो २०२० पारालिम्पिकमा स्लोभाकियाली प्रतिद्वन्द्वीविरुद्ध खेलमा निशाना लगाउँदै
1px transparent line
गाला फ्याशन
तस्बिरको क्याप्शन, गत नोभेम्बरमा न्यूयोर्कस्थित मेट्रोपोलिटन म्यूजियम आर्टमा आयोजित ठूलामध्येका एक फ्याशन शो मेट गाला २०२१ मा सहभागी हुँदै लिल न्यास एक्स। कोरोनाभाइरस महामारीका कारण अघिल्लो वर्ष स्थगित गाला फ्याशन शो सन् २०२१ मा पुनः फर्कियो
इजरेलमा अभ्यास
तस्बिरको क्याप्शन, भविष्यमा मङ्गल ग्रहमा अवतरणका लागि इजरेलको नेगेभ मरुभूमिमा गत अक्टोबरमा अभ्यास गर्दै दुई अन्तरिक्षयात्री। अस्ट्रियाली र इजरेली अन्तरिक्ष निकायले तीन साता लामो अभ्यासमा समन्वय गरिरहेका छन्
1px transparent line

सबै तस्बिरको सर्वाधिकार सुरक्षित छ।