नेपाल राजनीति : माधव कुमार नेपालसहित ११ नेतालाई स्पष्टीकरण सोध्ने एमाले स्थायी कमिटीको निर्णय

तस्बिर स्रोत, RSS
Published
सत्तारूढ नेकपा एमालेको स्थायी कमिटी बैठकले नेता माधव कुमार नेपालसहित ११ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले बीबीसीलाई बताएका छन्।
शुक्रवार प्रधानमन्त्री पदका लागि कांग्रेस सभापतिले पेस गरेको दाबीमा हस्ताक्षर गरेको आरोपमा उनीहरूलाई स्पष्टीकरण सोधिएको बताइएको छ।
''माधव कुमार नेपाल, झलनाथ खनाल र भीम रावल सहित ११ जनालाई स्पष्टीकरण सोधिएको छ,'' परराष्ट्रमन्त्री एवं पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले भने।
उनीहरूलाई पर्सी बिहान (सोमवार) सम्म स्पष्टीकरण दिन समय दिइएको उनले जानकारी दिए।
शनिवारको बैठकमा बागमती प्रदेशमा आफ्ना प्रदेससभा सदस्यहरूसँग स्पष्टीकरण मागिएको विषयबारे भने छलफल नभएको बताइएको छ।
















