जन्मदिनमा मागेको उपहार नपाउँदा ५६ लाखको गाडी खोलामा

भारत गाडी

तस्बिर स्रोत, Getty Images

Published

आफ्नो माग अनुरूप उपहार नपाएको झोकमा एकजना भारतीयले नयाँ बीएमडब्ल्यू गाडीलाई नदीमा बगाइदिएका छन्।

सामाजिक सञ्जालमा देखिएको भिडिओमा भारतको हरियाणा राज्यमा एउटा नदीमा गाडी बगिरहेको देखिएको छ।

जन्मदिनको उपहार स्वरूप मागेको ज्यागवर गाडी नपाएपछि स्थानीय जमिनदारका छोराले त्यसो गरेको बताइएको छ।

गाडी बग्दै गएर अग्ला झारहरूमा अड्किएको देख्न सकिन्छ। त्यसपछि बगाउने व्यक्तिले गाडीलाई नदीबाट निकाल्न खोजेको देखिन्छ।

प्रहरीले उक्त विषयमा छानबिन गरिराखेको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन्।

भारतमा बीएमडब्ल्यू गाडीको मूल्य करिब ५६ लाख नेपाली रुपैयाँ पर्छ।

ज्यागुअरको मूल्य भने ६५ देखि ८० लाख रुपैयाँसम्म पर्ने बताइएको छ।