अक्सफाम: एसियामा भएका यौन दुर्व्यवहारबारे जानकार

Published
अक्सफामकी एक वरिष्ठ अधिकारीले एसियामा रहेका आफ्ना कर्मचारीसँग जोडिएको यौन दुर्व्यवहारका आरोपहरूबारे आफूलाई जानकारी रहेको बताएकी छिन्।
ल्यान मेर्कादोले बीबीसीलाई बताएअनुसार उनले सन् २०१६ मा क्षेत्रीय निर्देशकको पद सम्हाल्नुअघि नै ती घटनाहरू फिलिपिन्स, बांग्लादेश र नेपालमा भएका थिए।
तर ती यौन दुर्व्यवहारको आरोपको तुलना हेइटीका घटनासँग गर्न नसकिने उनको भनाइ छ।
हेइटीमा अक्सफामका कर्मचारीले जोखिममा रहेका महिलासँग पैसा दिएर यौन सम्बन्ध राखेको आरोप छ।
















