नाइजेरिया: आत्मघाती बम आक्रमणमा ५० जनाको मृत्यु

Published
उत्तर पूर्वी नाइजेरियाली शहर मुबीमा एउटा आत्मघाती बम आक्रमणमा कम्तीमा ५० जनाको ज्यान गएको छ।
बिहानको प्रार्थनाको समयमा मानिसहरु मस्जिदमा भेला भएका बेला आक्रमणकारीले बम पड्काएका थिए।
एक जना प्रत्यक्षदर्शीले आक्रमणकारी पनि प्रार्थना गर्नेहरुकै समूहमा रहेको एएफपी समाचार संस्थालाई बताएका छन्।
जिम्मेवारी
कसैले पनि हमलाको जिम्मेवारी लिएको छैन।
तर भीडभाड बढी हुने क्षेत्रलाई इस्लामवादी लडाकु समूह बोको हरामले लक्षित गर्दै आएको छ।
बोको हरामले आठ वर्षयता चलाएको सशस्त्र द्वन्द्वमा २० हजार जति मानिसको ज्यान गइसकेको छ।
बोको हरामको कब्जामा रहेका केही क्षेत्र सेनाले पुन: नियन्त्रणमा लिएपछि उक्त समूहले आत्मघाती हमला बढाएको जस्तो देखिएको बीबीसी संवाददाता बताउँछन्।
















