बाढीबाट प्रभावित सबैसम्म सही र विश्वसनीय सूचना पुर्याउन सरकारले के गरेको छ
गत भदौ महिनामा भोटेकोशी र तल त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित मानिसहरूले सरकारका निर्णयहरूबारे आफूहरूले पर्याप्त जानकारी नपाउँदा कतिपय सुविधाबाट वञ्चित भइन्छ कि भन्ने चिन्ता व्यक्त गर्न थालेका छन्।
त्यस्ता महत्त्वपूर्ण सूचनाहरूको पहुँच सीमित व्यक्तिहरूसँग मात्र भएको गुनासो गर्दै उनीहरूले राहत, पुनर्स्थापना र अन्य सुविधासम्बन्धी प्रत्येक निर्णयबारे आफूहरूलाई समयमै जानकारी गराउनुपर्ने माग गरेका छन्।
प्रभावित सबैसम्म सही र विश्वसनीय सूचना पुर्याउन सरकारले कस्तो व्यवस्था गरेको छ त?
यस विषयमा 'बीबीसी हातेमालो'का लागि प्रतीक्षा खनालले राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी उपसचिव शान्ति महतसँग कुराकानी गरेकी छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।