बाढीबाट प्रभावित क्षेत्रमा गर्भवती महिलालाई पोषण र नियमित परीक्षणको कस्तो सुविधा
भदौ महिनामा भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण धेरै गर्भवती महिला पनि प्रत्यक्ष वा परोक्ष प्रभावित भएका छन्।
कसैको परिवार छुट्यो भने कसैका आमाबाबु। बाढीले घर पनि बगायो। यस्तो अवस्थामा सन्तान जन्माउने अवस्थामा रहेका गर्भवती महिलाहरुलाई खानपानदेखि सुरक्षित बसोबासका विशिष्ट आवश्यकताहरू हुन्छन्।
गर्भमा हुर्कँदै गरेका बच्चाका लागि आमालाई पोषणयुक्त खानेकुराहरूको अभाव रहेको रसुवा जिल्लाका केही गर्भवती महिलाहरूले बताएका छन्।
यो विपद्बाट प्रभावित गर्भवती महिलाहरूलाई उपलब्ध सेवासुविधाबारे बुझ्न 'बीबीसी हातेमालो'ले रसुवा जिल्लाको जनस्वास्थ्य कार्यालयअन्तर्गत रहेको परिवार कल्याण तथा नर्सिङ शाखाकी चुनी सरा रानासँग कुराकानी गरेको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।