'हामी तालिबानको चुनौती पनि पार गर्छौँ': सगरमाथा चढ्ने प्रथम अफगान महिला

भिडिओ क्याप्शन सुरु हुँदैछ,
'हामी तालिबानको चुनौती पनि पार गर्छौँ': सगरमाथा चढ्ने प्रथम अफगान महिला
Published

रिभर अहमद विश्वको सबैभन्दा अग्लो शिखरको सफल आरोहण गर्ने प्रथम अफगान महिला बनेकी छन्।

उनी गत साता २१ मेमा सगरमाथाको टुप्पोमा पुगेकी हुन्। आफ्नो व्यक्तिगत उपलब्धिमा उनले आफ्नो जन्मभूमिमा बालिका र महिलाहरूले भोग्नुपरेको कष्ट आफूले नबिर्सेको जनाएकी छन्।

उनी आफू स्वयं तालिबानले गरेको आक्रमणबाट जोगिएकी व्यक्ति हुन्।

"आज पनि लाखौँ अफगान बालिकाहरूलाई शिक्षा पाउने आधारभूत अधिकारबाट वञ्चित गरिएको छ। हामीले त्यो पर्वत चढ्न बाँकी छ," उनले भनिन्।

"पर्वतारोहणको सहयोगमा म त्यो सन्देश फैलाउन चाहन्छु। कठिन पर्वतहरू चट्टान र बरफबाट बनेका नभई हामीभित्रै छन् भन्ने मैले सिकेकी छु।"

उनी केही वर्षदेखि अस्ट्रेलियामा सपरिवार शरणार्थी जीवन व्यतीत गर्दै आएकी छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।