फ्रान्स र स्पेनमा डढेलो

भिडिओ क्याप्शन सुरु हुँदैछ, फ्रान्स र स्पेनमा डढेलो
फ्रान्स र स्पेनमा डढेलो
Published

पछिल्लो एक सातादेखि युरोपका विभिन्न स्थानमा लागेको डढेलोमा सबैभन्दा बढी फ्रान्स र स्पेन प्रभावित भएका छन्।

ती देशका विभिन्न क्षेत्रमा लागेको डढेलोका कारण झन्डै तीन लाख २० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। डढेलोका कारण जङ्गलमा मात्र नभई मानिसको घरहरूमा पनि क्षति पुगेको छ।

फ्रान्समा दोस्रो विश्‍वयुद्धपछिको सबैभन्दा ठूलो मध्येको डढेलो नियन्त्रणमा लिन अग्निनियन्त्रकहरू निरन्तर प्रयासरत छन्।

फ्रान्सको बोर्डो सहरमा डढेलोको धुवाँ देखिए पनि त्यहाँका स्थानीयवासीलाई कतै नसारिएको अधिकारीहरूले बताएका छन्।

स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेथ आगलागीले क्षति गरेको तीन प्रमुख क्षेत्रहरूमध्येको आभिला पुगेका थिए। सो क्षेत्रमा ५० हजार हेक्टर जमिन ध्वस्त भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यम रोएटर्सले जनाएको छ।

स्पेनले यो वर्षमात्र ३० भन्दा बढी डढेलोका घटनाहरूको सामना गरिसकेको छ।

विश्व स्वास्थ्य सङ्गठनले जलवायु परिवर्तनले डढेलोको तीव्रता बढाउन भूमिका खेलेको चेतावनी दिएको छ।

स्कटल्यान्ड र इटलीका केही क्षेत्रमा पनि डढेलोका घटनाहरू देखिएको समाचार एजेन्सी रोएटर्सले जनाएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।